धनगढी – सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् । तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्द हुन नहुने बताएका हुन् । आज धनगढीको कैलाली वहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तामाङले जुनसुकै मुल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्ने…