अर्थमन्त्रीले राजदूतसँग मागे युरोपमा नेपालको हवाई उडान अनुमति

काठमाण्डु – अर्थमन्त्री डा युवराज खतिवडा र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ । अर्थमन्त्री डा खतिवडासँग शिष्टाचार भेटका लागि पुगेकी कोडीबीच युरोपेली सङ्घले नेपालको आर्थिक विकासमा प¥याएको महत्वपूर्ण सहयोगका विधि पाटोका बारेमा छलफल भएको थियो । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी…