काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार सांझ प्रधानमन्त्री ओली र गौतमबीच छलफल भएको थियो । प्रधानमन्त्री निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओली गौतमलाई राष्ट्रियसभामा पठाउन सहमत भएका हुन् । गौतम राष्ट्रियसभामा जाने भएसंगै अर्थमन्त्री युवराज खतिवडाको वर्हिगमन निश्चित…