काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार शीतलनिवासमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको भेटमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी हुन् । त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण…