काठमाण्डु- विश्वभरिका लाखौँ मुस्लिमले इस्लामिक पात्रोको सबैभन्दा पवित्र महिना रमजानको एक महिना लामो व्रत शुरू भइसकेको छ । पैगम्बर मुहम्मदमाथि इस्लाम धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरान अवतरण गरिएको महिना रमजान हो । रोजा अर्थात् व्रत एक महिनासम्म बसिन्छ जुन इस्लाम धर्मको पाँच आधार स्तम्भमध्ये एक हो । रमजानभरि मुस्लिमकहरूले सूर्योदय हुन अघिदेखि सूर्यास्त नभएसम्म निर्जल र…