काठमाण्डु – प्रतिनिधिसभाको बैठकबाट विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को…