अतिक्रमित भूमि फिर्ता ल्याउन युवा विद्यार्थी एकजुट हुनुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताएका छन् । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उन्ले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताए । युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता…