काठमाण्डु - दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालले आइताबरका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ। शनिबार सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि दुर्गा प्रसाईं संयोजक रहेको अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको हो। वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल…