काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने शुक्रबार अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले शुक्रबारसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ । जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग…