जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यालयमा आक्रमण

काठमाण्डु - जेनजीका अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको पनि बताएका हुन् । ढुङ्गनाले लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र…