देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्‍याउनु चुनौती छ : सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्‍याउनु चुनौती रहेको बताएका छन् । बुधबार काठमाण्डुमा गुणस्तरीय शिक्षाका लागि महाअभियान राष्ट्रव्यापी शैक्षिक सांगीतिक यात्रा नामक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न नसक्ने स्पष्ट पारे । सामुदायिक विद्यालयको शिक्षाको…