अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न बर्न हस्पिटल पुगे प्रधानमन्त्री ओली

काठमाण्डु – पोखरा महानगरपालिकाको कार्यक्रममा आगोको लप्काले जलेका अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली बर्न हस्पिटल कीर्तिपुर पुगेका छन् । शनिबार भ्रमण वर्षको कार्यक्रम उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल घाइते भएका थिए । लगत्तै काठमाण्डु ल्याइएका उनको बर्न हस्पिटलमा उपचार भइरहेको छ ।