पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ कार्यकर्ताद्वारा नाराबाजी

काठमाडौं - पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी गरेपछि बैठक प्रभावित बन्न पुगेको छ । नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता कार्यकर्ताले तत्काल महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले टीकेप्रथाबाट नेविसंघको नेतृत्व ल्याइन खोजिएको, विधान पारित गर्न ढिलाइगरिएको लगायतमा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध नाराबाजी…