विप्लवका कार्यकर्ता छुटाउन कांग्रेस नेताको दौडधुप

जाजरकोट - विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्। जाजरकोटबाट पक्राउ परेकामध्ये तीन जनाले पार्टी छोड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ। सरकारले प्रतिबन्ध लगाउनु अघि सक्रिय रहेका विप्लवका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता…