विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमाएको दाबीसमेत गरे । ‘न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने…