काठमाण्डु – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सभापति पदका लागि राजनीतिशास्त्रका विद्यार्थी उज्ज्वल खड्काले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यले खड्काले उम्मेदवारी दिन लागेका हुन् । त्रिविको सुधार, शैक्षिक गुणस्तरमा अभिवृद्धि, विद्यार्थीका…