हचुवाको भरमा ल्याएको बजेटले समृद्धिको लक्ष्य हासिल गर्न सक्दैनः मिनेन्द्र रिजाल

काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले कुनै आधार विना हचुवाका भरमा बजेट प्रस्ताव गरिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६–७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद रिजालले गएको वर्षको बजेटमा भनिए अनुसार राष्ट्रिय गौरवका आयोजनामा खर्च हुन नसकेको भन्दै…