देउवाले भने-मिडिया काउन्सिलसम्बन्धी दर्ता विधेयक प्रेसमाथिको ‘कू’

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई प्रेसमाथिको ‘कू’ संज्ञा दिएका छन्। पत्रकार महासंघसहितले संसदमा दर्ता भएको विधेयकको चर्काे विरोध गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले उक्त विधेयक फिर्ता गराएरै छाड्ने बताए। विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको उल्लेख गर्दै संसद र सडक दुवैतर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने…