काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको दोस्रो चीन–दक्षिण एशीया साहित्यिक सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले भ्रमणका क्रममा दिएका प्रत्येक ‘स्टेटमेन्ट’ले नेपाल भ्रमण वर्ष–२०२०’ लाइ प्रवद्र्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरेका…