बम काण्डमा कांग्रेसका सांसद अफताव आलम पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका सांसद अफताव आलम पक्राउ परेका छन् । २०६४ सालमा रौतहटमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई  आइतबार बिहान आफ्नै निवास रौतहटबाट पक्राउ गरेको हो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरीले जनाएको छ । उनी पूर्व श्रममन्त्री समेत हुन् ।