चिनियां राष्ट्रपतिको भ्रमण नेपालका लागि उच्च महत्वको हुन्छ : प्रचण्ड

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चिनियां राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन् । नेकपा चितवनले शुक्रवार माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनपिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए । नेपाल, चीन र भारतमा यति…