काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा शनिबार र पोखरामा आइतबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश…