सुदूरपश्चिमबाट नेकपाका तारामान स्वाँर विजयी

डोटी – राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशको अन्य समूहबाट नेकपाका तारामान स्वाँर विजयी भएका छन् । उनले ३७ सय २० मतभार पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार पाएका थिए ।