पैसा नभएर उपचार नपाउने अवस्थाको अन्त्य गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्न सरकारले चाहेको बताएका छन् । रोगले धनी गरिब, सुगम दुर्गम, ठूलो सानो नभन्ने भएकाले पैसै नभएर उपचार पाउन नसक्ने र ज्यानै गुमाउनुपर्ने अवस्था कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे अध्ययन र विज्ञको राय लिने काम सुरु गरेको मन्त्री ढकालको भनाइ छ…