कास्की–२ मा समाजवादी पार्टीको उम्मेदवार भूपू गोर्खा सैनिक गुरुङ

काठमाडौं – समाजवादी पार्टी नेपालले उपनिर्वाचनका लागि कास्की–२ मा भूपू गोर्खा सैनिक धर्मराज गुरुङलाई उम्मेदवार बनाउने भएको छ । समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ट्विटरमार्फत कास्की–२ प्रतिनिधिसभाका लागि इन्जिनीयर तथा भूपू ब्रिटिश गोर्खा सैनिक गुरुङलाई उम्मेदवार उठाउने निर्णय गरेको जानकारी दिए । ‘समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा कास्की–२ प्रतिनिधिसभाका निम्ति इन्जिनीयर तथा भूपू ब्रिटिश…