काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब विकास र समृद्धि नै पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकमा अब आर्थिक समृद्धि कायम गरी सामाजिक रुपान्तरणको अनुभूति नेपाली जनतालाई दिनुपर्ने बताए । अध्यक्ष दाहालले…