राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

काठमाण्डु – तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएकोमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटबाट उनी छुटेका थिए । यसअघि उनीसँगै पक्राउ…