बारपाक पुगेर उर्जामन्त्रीले भने ‘प्राकृतिक विपत्तीको समेत सामना गर्न सरकार सक्षम हुने गरि अघि बढ्छ’

बारपाक– उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले २०७२ साल बैशाख १२ गतेको भुकम्पको केन्द्रबिन्दु लाप्राक र बारपाकमा भईसकेको पुननिमार्णको अवस्थाको अनुगमन गरेका छन् । महाभुकम्प गएको ३ वर्ष पुगेको सन्दर्भमा लाप्राक र बारपाकको भुकम्प पछिको पुनःनिमार्ण र ज्यान गुमाएकाहरुको संझनामा आयोजित श्रदाञ्जली कार्यक्रममा सहभागि हुन मन्त्री पुन बुधबार बिहान गोरखा गएका हुन् । गोरखाका…