टेनिस खेल्न कमल थापा भुटान प्रस्थान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गरेका छन् । भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । मङ्गलबारदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागी भई उनी यही असार २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीले जनाएको…