काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गते सम्म पोखरामा गर्न प्रस्ताव गरेका हुन् । महाधिवेशनको मिति केन्द्रीय कमिटी बैठकले औपचारिक रुपमा टुंगो लगाउने छ ।