राष्ट्रसेवक कर्मचारी खटाएकाे ठाउँमा जान तयार नभए राज्यले बिदा गरिदिनुपर्छ : प्रचण्ड

काभ्रे–पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको बताएका छन्। ।काभ्रे जिल्लाको चौरी देउराली —२ स्थित  खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले भने,  ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ।…