रास्वपा प्रवेश गर्दै रहबरले भने- मधेशबाट देश विकासको विगुल फुकिनेछ

काठमाण्डु– रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका अन्सारी सोमबार रास्वपा प्रवेश गरेका हुन् । जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभाबाट पार्टी प्रवेश गर्दै उनले मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए । ‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही…