एमाले र माओवादी एकता वैशाख १० गते

काठमाडौँ - एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुइटा मूलधारका रूपमा…