हेटौंडा- माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ नं प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने बताएका छन् । उनले राजधानीको लागि हेटौंडा नै उपयुक्त भएकाले दायाँबायाँ नसर्ने दाबी गरेका हुन् । हेटौंडा-१० स्थित गोरक्षश्वर धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, '३ नं प्रदेशको राजधानी हेटौंडा नै उपयुत्त छ । यो अब दायाँबायाँ कतै सर्दैन । ' हेटौंडावासीलाई…