रेशम चौधरीलाई रिहा गरे संघर्षमा उत्रन्छौंः पीडित परिवार

काठमाडौ‌ - टीकापुर घटनाका योजनाकार भनिएका सांसद रेशम चौधरीलाई रिहा नगर्न सचेत गराउँदै पीडितहरूले त्यसो गरिएमा संघर्षमा उत्रने चेतावनी दिएका छन्। घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले चौधरीको रिहाइले आफूहरूमाथि थप अन्याय हुने भन्दै ‘कुनै पनि हालतमा उनलाई माफी दिन नदिन’ सरकारलाई सचेत गराएका हुन्। थुनामा रहेका चौधरीलाई छाड्नुपर्ने सर्त राखेर राजपा सरकारमा जाने तयारी गरेपछि…