काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले किसानले उत्पादन गरेको तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले चितवनलाई तरकारीलाई कोल्ड स्टोरमा राख्ने हब बनाउनु पर्ने बताएका हुन्। उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप समेत लगाए ।…