काठमाण्डु – प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन् । आईतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रस्तावमा प्रतिनिधिसभाले उनलाई सभामुख निर्वाचित गरेको थियो । आईतबार शपथ ग्रहणपछि उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद…