नेकपाद्वारा २ पार्टी र समूहसँग एकता तथा समायोजन सहमति

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को समूहबीच पार्टी एकता तथा समायोजन सम्बन्धी सहमति भएको छ । नेकपा र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीबीच सम्पन्न सहमतिअनुसार लिम्बुवानको पहिचान सम्बन्धी मुद्दालाई नेकपाको आन्तरिक जनवादको प्रक्रियाअन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ ।…