एमाले विधान महाधिवेशन : तयारी तीव्र, भण्डारी पक्षले फरक मत लैजाने

काठमाण्डु - नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आउन दुई दिन मात्र बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पूरा भएको छ । एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।…