काठमाण्डु– नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले शिक्षक आन्दोलनलाई कमजोर बनाउन प्रधानमन्त्री केपी ओलीले कार्यकर्ता खटाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर होच्याएको आरोप लगाएका हुन् । उनले भने, ‘विगतमा शिक्षकहरूसँग तीन पटक सम्झौता भएको थियो। सम्झौता कार्यान्वयनको कुरा त परै जाओस्, सम्झौता कार्यान्वयनको आवाज उठाउँदा,…