काठमाण्डु– नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले उक्त अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका हुन् । उनी २०७६ साउन १५ गतेदेदि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्री रहेका थिए ।…