काठमाण्डु- पपुवा न्यु गिनीको न्यु ब्रिटेन क्षेत्रीय तटमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी)ले यसबारे जानकारी दिएको हो। भूकम्प शनिबार बिहान गएको थियो। यसको केन्द्रबिन्दु किम्बे शहरबाट १९४ किलोमिटर पूर्वमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले उल्लेख गरेको छ। ईएमएससीका अनुसार भूकम्पको गहिराइ ४९ किलोमिटर रहेको छ। अमेरिकी सुनामी चेतावनी केन्द्रले…