लोकतन्त्र बचाउन फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउँदैछ : शेखर कोइराला

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्र संकटमा परेको बताएका छन्। विराटनगरमा आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको प्रभावकारी सञ्चालन नहुनुले लोकतन्त्र खतरामा रहेको बताएका हुन् । 'लोकतन्त्र बचाउन अब फेरि आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउँदैछ' उनले भने। कोइरालाले वर्तमान निर्वाचन प्रणालीकै कारण मिलिजुली सरकार बनाउने…