कुलमान हटाउने निर्णयविरुद्ध शेखर,विश्वप्रकाश र गगन थापा एकै ठाउँमा

काठमाण्डु- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेसभित्र तिव्र असन्तुष्टि देखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्दै हितमान शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय पछि कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला र महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले विरोध जनाएका…