पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ विजयी

काठमाण्डु – पुल्चोक इन्जिनीयरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् । मंगलबार भएको मतगणनामा उनी १ हजार १०२ मतका साथ अध्यक्षमा विजयी भएका छन् । श्रेष्ठ स्नातक सिभिल इन्जिनीयरिङ चौथो वर्षमा अध्ययनरत छन् । सहायक क्याम्पस प्रमुख रामएकवाल यादवका अनुसार श्रेष्ठका प्रतिद्वन्द्वी माओवादीनिकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका…