प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु – भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको विषयमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार दिनको २ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् । संसद् सञ्चालनका लागि सहमतिको प्रयास गरिए पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ ।