पुनले फोन संवाद सार्वजनिक गरेकोमा पोखरेलले जनाए आपत्ति

काठमाण्डु- आफूसँग भएको फोन संवाद माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सार्वजनिक गरेपछि एमालेका महासचिव शंकर पोखरेलले टिप्प्णी गरेका छन् । उपमहासचिव पुनले शनिबार आफूलाई फोन गरेर पोखरेलले अध्यादेश पारितका लागि सहयोग मागेको बताएका थिए । माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताएका थिए ।…