काठमाण्डु – गृहमन्त्री रमेश लेखकले प्रारम्भिक १०० दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री लेखकले…