काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगारीमा महिलाहरूलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक विना सम्भव नभएको बताए…