पूर्वगृहमन्त्री लेखकको आग्रह : जेनजीका मागको समाधान विधिको शासनभित्रै खोजिनुपर्छ

काठमाण्डु – पूर्व गृहमन्त्री रमेश लेखकले देशको वर्तमान परिस्थितिमा सबै राजनीतिक दलले उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछि देश संवेदनशील अवस्थामा रहेको बताउँदै संयमित र विवेकपूर्ण नेतृत्वको आवश्यकता औंल्याए । ‘जेनजी पुस्ताले उठाएका माग र आवाजहरूलाई…